काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधनमा शुक्रबार महानगरपालिकामा शोक विदा – Nepal Press

काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधनमा शुक्रबार महानगरपालिकामा शोक विदा

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा महानगरपालिकाले शुक्रबार शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । क्यान्सरबाट पीडित ६५ वर्षका श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा शुक्रबार शोक विदा दिने निर्णय भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए ।

बुधबार साझ स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वडा अध्यक्ष श्रेष्ठलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । २०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर १९ को वडा अध्यक्षमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार मृतक श्रेष्ठको शव शुक्रबार विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिने र विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने छ । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर