चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन – Nepal Press

चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन

काठमाडौं । चीनसँगको सीमा विवाद अध्ययनका लागि सरकारले छानबिन समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन  गरेको हो ।

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र सीमा विज्ञ सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *