एडुवार्डो कामाभिङ्गा रियाल जाने चर्चा – Nepal Press

एडुवार्डो कामाभिङ्गा रियाल जाने चर्चा

काठमाडौं । किलियान एम्बाप्पे भित्र्याउन कोसिस चलिरहेको रियाल मड्रिडले एडुवार्डो कामाभिङ्गालाई अनुबन्ध गर्ने चर्चा चलेको छ । पेरिस सेन्ट जर्मन (पीएसजी) एम्बाप्पेका लागि रियालले गरेको १८० मिलियन पाउन्डको प्रस्ताव अस्विकार गरेको थियो ।

१८ वर्षीय फ्रेन्च टिनेजर कामाभिङ्गाको रेनेससँगको सम्झौता अर्को वर्ष सकिँदैछ । र, त्यसपछि उनी फ्रि–एजेन्टमा उपलब्ध हुनेछन् । फ्रि–एजेन्ट भएसँगै युरोपका अन्य प्रतिष्ठित क्लबको केन्द्रविन्दुमा कामाभिङ्गा हुने निश्चित छ । त्यसैले स्पेनिस हेभिवेट रियाल एक वर्ष अगाडि नै उनलाई अनुबन्ध गर्न चाहन्छ ।

त्यसका लागि ३० मिलियन पाउन्डको प्रस्तावसमेत गरिसकेको छ । र, विभिन्न रिपोर्टअनुसार रेनेसले त्यो प्रस्ताव स्वीकार गर्ने र कामाभिङ्गाले चाँडै मेडिकल पनि गर्नेछन् ।

स्पेनिस फुटबल म्यागजिन मार्काका अनुसार सम्झौता अहिलेसम्म नभइसकेको र चाँडै हुने सम्भावना छ । पीएसजीले पनी उनलाई भित्र्याउन चासो देखाएको छ तर रियालका प्रशिक्षक कार्लो एन्सेलोटी उनलाई आफ्नो टोलीमा भित्र्याउन चाहन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर