रेइम्सविरुद्धको खेलका लागि पीएसजीको टोलीमा एम्बाप्पे – Nepal Press

रेइम्सविरुद्धको खेलका लागि पीएसजीको टोलीमा एम्बाप्पे

काठमाडौं । रियाल मड्रिड जाने चर्चा चलिरहेका बेला फ्रेन्च फरवार्ड किलियान एम्बाप्पे आज राति हुने रेइम्सविरुद्धको खेलका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) को टोलीमा समेटिएका छन् ।

रेइम्सविरुद्ध आज राति हुने खेलमा अर्जेन्टाइन कप्तान लियोनेल मेसीले डेब्यू गर्ने सम्भावना छ । चोटका कारण पछिल्ला दुई खेलमा अनुपस्थित नेइमार पनि आज राति मैदानमा उत्रिने सम्भावना छ ।

पीएसजीले खेल हुने दिन मात्रै टोली घोषणा गरेको छ । त्यसअनुसार आज राति हुने खेलमा एम्बाप्पे, मेसी, र नेइमार को आक्रमक फ्रन्ट थ्री देख्न पाइने सम्भावना छ ।

रियाल मड्रिडले एम्बाप्पेका लागि गरेको १७० र थप १० मिलियन युरोको प्रस्ताव पिएसजीले स्विकार गरेको छैन । र, त्यो प्रस्ताव स्वीकार्न पीएसजीलाई सोमबारसम्मको समय दिइएको छ ।

‘किलियानले राम्रो गरि रहेका छन्,’, शनिबार मुख्य प्रशिक्षक माउरियो पोचेटिनोले भने, ‘उनले मलाई म पीएस्जी छोड्छु भनेका पनि छैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर