कैलालीमा स्यानिटाइजर पिएका युवकको मृत्यु – Nepal Press

कैलालीमा स्यानिटाइजर पिएका युवकको मृत्यु

कैलाली । कैलालीमा स्यानिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१२ का ३८ वर्षीय टीकाराम बराइलीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनले बुधबार स्यानिटाइजर पिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

‘स्यानिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘सामान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।’

उनले स्यानिटाइजर किन पिए भन्ने कुरा नखुलेको प्रहरीले बताइएको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेकोसमेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर