कालिकोटका करिब दुईतिहाइ एमाले एकीकृत समाजवादीमा, २४ मध्ये ११ वडाध्यक्ष एमालेमै – Nepal Press

कालिकोटका करिब दुईतिहाइ एमाले एकीकृत समाजवादीमा, २४ मध्ये ११ वडाध्यक्ष एमालेमै

सुर्खेत । कालिकोटका धेरैजसो एमाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । ६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका छन् ।

त्यस्तै धेरै जनप्रतिनिधि पनि एकीकृत समाजवादीमै लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका आध्यक्ष एवम् उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन् ।

कुन जनप्रतिनिधि कता ?

खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष षडानन्द चौलागाई र उपाध्याक्ष पम्फा शाही नयाँ दलमा खुलेका छन् । एमालेमा भने खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जर्सीप्रसाद पाण्डे र महावु गाउँपालिकाका उपाध्यक्ष मनराज शाही एमालेमै रहेका छन् ।

यस्तै, २४ वडाअध्यक्षमध्ये खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगदेश शाही, ४ का दानसिंह विक नयाँ पार्टीमा लागेका छन् । पचालझरना गाउँपालिका १ का रत्नलाल न्यौपाने, रास्कोट नगरपालिका ९ का डबल वोगटी, सान्नीत्रिवेणी ७ का मनिराम सिम्खडा, ८ का जनक केसी पनि नयाँ पार्टीमा खुलेका छन् ।

यसैगरी, नरहरीनाथ गाउँपालिका तीनका टक्कबहादुर विष्ट, शुभकालिका गापा ४ का रामहादुर शाही, ५ का केशन शाही, ६ का कर्णबहादुर खत्री, महावु सातका धर्मराज शाही, पाँचका गहुँकला शाही नयाँ दलमा लागेका छन् ।

नेकपा एमाले कालिकोटको नवौं महाधिवेशनमा नेपाल पक्षका ३५ जना निर्वाचित थिए । अहिले एकीकृत समाजवादीमा ४० भन्दा बढी सदस्य लागेको अध्यक्ष विश्वराज बमले बताए ।

उनका अनुसार मजंग बम, दन्त बम, होविन्द सन्ज्याल, रन रोकाया, डबल वोगटी छन् । मनिराज बराल, गोरख शाही प्रतिक, भुपेन्द्र बम, मनिराम सिम्खाडा, ललितजंग बम, अग्रबहादुर बोगटी, कृष्णकला पाण्डे पनि एकीकृत समाजवादीको जिल्ला भेलामा सहभागी भएका छन् ।

यस्तै, धनबहादुर विष्ट, गोरख बटाला, जयरुप बटाला, दानबहादुर सहकारी, जजराज शाही, पुष्पराज आचार्य, दलबहादुर शाही, प्रकाश शाही, जनक सेजुवाल, चित्रसिंह गाउँले पनि नयाँ दलको भेलामा सहभागी भएका थिए ।

टेकबहादुर शाही, श्रीबहादुर शाही, ऐनबहादुर शाही, तारा कुमारी शाही, बलिराज शाही, तिलबहादुर शाही, राधीका शाही, कमल बहादुर शाही, मदन चौलागाईं, रवीन्द्र शाही, वीरबहादुर शाही, दुर्गा शाही न्यौपाने, चन्द्रबहादुर शाही, अर्जुन ऐडिलगायत जिल्ला नेता एकीकृत समाजवादीमा लागेका छन् ।

कालिकोटमा फ्लोरक्रस गरेर मन्त्री भएका कुर्मराज शाहीको प्रभाव देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर