एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस – Nepal Press

एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं । एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव राजकुमार श्रेष्ठ, रबीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको हो ।

श्रेष्ठ निर्वाचन आयोगमा प्रवक्ताको जिम्मेवारीमा छन् भने पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव र दंगाल अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस सहसचिव मध्येबाट एक जनालाई सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर