स्मार्ट चाइना एक्स्पो-२०२१ मा ओप्पोको प्रविधि प्रदर्शन – Nepal Press

स्मार्ट चाइना एक्स्पो-२०२१ मा ओप्पोको प्रविधि प्रदर्शन

काठमाडौं । ‘स्मार्ट टेक्नोलोजी: इम्पावरिङ इकोनोमी, एनरिचिङ लाइफ’ थिममा सोमबारदेखि बिहीबारसम्म चीनको चोंगचिंगमा आयोजित ‘स्मार्ट चाइना एक्स्पो २०२१’मा ओप्पोले पनि प्रविधि प्रदर्शन गरेको छ । एक्स्पोमा ओप्पोले आफ्ना नयाँ म्यागभोक फ्ल्याश चार्जिंङ सिरिज, ईन–कार कनेक्टिभिटी लगायतका प्रविधि प्रदर्शन गरेको हो ।

‘ओपोले उपभोक्तालाई विभिन्न परिस्थितिमा समेत सबलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा ‘ईन्टरनेट अफ एक्स्पेरियन्स’ सम्बन्धित फराकिलो क्षेत्रमा निरन्तर सफलता हात पार्दै गइरहेको छ,’ ओप्पोको स्मार्टफोन प्रोडक्टका अध्यक्ष हेनरी डुआनले भने, ‘नयाँ म्याग्नेटिक फ्ल्याश चार्जिंग र ईन–कार कनेक्टिभिटी टेक्नोलोजिज्का माध्यमबाट उपाभोक्ता अनुभवलाई हर–सम्भव पक्षबाट उत्कृष्टता प्रदान गर्न प्रयत्नरत छौँ ।’

एक्स्पोमा वायरलेस एयर चार्जिङ प्रविधिका साथै, ओपोले पहिलो पटक आफ्नो म्याग्नेटिक फ्ल्यास चार्जिङ प्रविधि- द ओपो म्यागभोक सिरिज पनि प्रदर्शन गरेको थियो ।

नयाँ सिरिज मातहत फोन र चार्जरबीच सटिक पंक्तिवद्धताको सुनिश्चितता प्रदान गर्ने म्यागनेटिक अलाइनमेन्ट प्रणालीको प्रयोग गरिएको म्यागभोक वायरलेस पावर बैंक पनि सम्मिलित छ ।

त्यसैगरी समग्र चार्जर नै पातलो बनाउन सघाउने स्प्लिट डिजाइन अपनाइएको म्यागभोक अल्ट्रा-थिन फ्ल्यास चार्जर पनि प्रदर्शन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर