सर्वोत्तम स्टील उद्योगमा विस्फोट, ११ मजदुर घाइते – Nepal Press

सर्वोत्तम स्टील उद्योगमा विस्फोट, ११ मजदुर घाइते

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका २२ मनियारीस्थित सर्वोत्तम स्टील उद्योगको भट्टीमा विस्फोट हुँदा ११ मजदुर घाइते भएका छन् ।

आज दिउँसो उद्योगमा फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर ती मजदुर घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले नेपाल प्रेसलाई बताए । घाइतेहरूको बयोधा अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य छ ।

विस्फोटपछि आगोसमेत लागेको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर