एमालेका ३३ मध्ये ८ जना राष्ट्रियसभा सदस्य एकीकृत समाजवादीमा – Nepal Press

एमालेका ३३ मध्ये ८ जना राष्ट्रियसभा सदस्य एकीकृत समाजवादीमा

काठमाडौं । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीमा राष्ट्रियसभाका ८ जना सांसद संलग्न भएका छन् । निर्वाचन आयोगमा संघीय सांसदहरुको सनाखतसँगै उनीहरु एमालेबाट अलग भएका हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा अध्यक्ष गणेश तिमल्सिनासहित एमालेका ३१ जना सांसद थिए भने राष्ट्रपतिबाट मनोनित वामदेव गौतम र विमला राई पौडेलसहित सो पार्टीका ३३ सांसद हुन् ।

वामदेवले माधव नेपालको पार्टीमा जाने भने पनि विभाजनमा सनाखत गरेका छैनन् ।

यसअघि नै एमालेको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएका बेदुराम भुसालसहित ठगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल, नन्दा चपाई, शारदादेवी भट्ट, सिंहबहादुर विश्वकर्मा, शेरबहादुर कुँवर र शान्ति अधिकारी जिसी एकीकृत समाजवादीमा लागेका छन् ।

निर्वाचन आयोगमा पुगेर उनीहरुले दल विभाजनमा हस्ताक्षर गरेपनि शारदा भट्टको भने यसअघि दल दर्ताको बेला हस्ताक्षर नभएकाले सनाखत हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर