तस्बिरमा हेर्नुस् माधव नेपाल छाडेर ८ महिनापछि मूलधारमा मोडिएका पाइलाहरू – Nepal Press

तस्बिरमा हेर्नुस् माधव नेपाल छाडेर ८ महिनापछि मूलधारमा मोडिएका पाइलाहरू

काठमाडौं । २०७७ पुस ७ गते केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासित गरेपछि विभाजित भएका नेताहरू ८ महिना पुगेको भोलिपल्ट ओलीकै अध्यक्षताको बैठकमा सहभागी हुन च्यासल पुगेका छन् ।

फागुन २३ सम्म प्रचण्ड-माधव र त्यसपछि एमाले ब्युँतिएपछि पनि माधव नेपाललाई साथ दिएर समानान्तर पार्टी अभ्यासमा रहेका १० जना स्थायी कमिटी सदस्यहरू १० बुँदे कार्यान्वयनमा ओलीलाई सहमत गराएपछि पहिलोपटक बैठकमा सहभागी हुन तुल्सीलाल अमात्य प्रतिष्ठानमा पुगेका हुन् ।

पुस ५ प्रतिनिधिसभा विघटन भएपछि उनीहरू ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

माधव नेपाल पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले माधव नेपाललाई आजकै मितिबाट औपचारिकरूपमा छाडेका छन् ।

 


प्रतिक्रिया

One thought on “तस्बिरमा हेर्नुस् माधव नेपाल छाडेर ८ महिनापछि मूलधारमा मोडिएका पाइलाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर