सुदूरपश्चिम सरकारले छाप्न थाल्यो राजपत्र, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो – Nepal Press

सुदूरपश्चिम सरकारले छाप्न थाल्यो राजपत्र, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आफैं राजपत्र छाप्न सुरु गरेको छ । मंलबारबाट प्रदेश सरकारले धनगढीबाटै राजपत्र छाप्न सुरु गरेको प्रदेश सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

गत आर्थिक वर्षमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम ल्याइएको थियो । कानूनमन्त्री जोशीले २७ लाख ८० हजारमा खरिद गरी ल्याइएको मुद्रण मेसिनको पूजापाठ गरी उद्घाटन गरेकी हुन् ।

आफ्नै मुद्रण मेसिन जडान गरेसँगै मंगलबारबाटै राजपत्र छाप्ने काम पनि सुरु भएको छ । यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता थियो ।

यसअघि काठमाडौँको मुद्रणले राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयनमासमस्या हुने गरेको मन्त्री जोशीले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर