हुन्डाइको जेनेसिस ईभीमा वायरलेस चार्जर – Nepal Press

हुन्डाइको जेनेसिस ईभीमा वायरलेस चार्जर

काठमाडौं । इलेक्ट्रिक भेहिकलको लोकप्रियता र यीनमा प्रयोग गरिने प्रविधि पनि दिनहुँ बढ्दो छ । यसै क्रममा कोरियन कार निर्माता कम्पनी हुन्डाइले आफ्नो उत्पादन( जेनेसिस जिभी६० मा वायरलेस चार्जिङ सपोर्ट दिएको छ ।

मंगलबार सार्वजनिक भएको यो कम्प्याक्ट एसयूभीमा अमेरिकी कम्पनी विट्रिसिटीबाट वायरलेस चार्जिङ सपोर्ट एडप्ट गरेको कम्पनीले बताएको छ । हुन्डाइले एक पटक चार्ज गरेपछि जेनेसिसी जिभी ६० ले २७० माइल्सको यात्रा तय गर्ने अनुमान गरेको छ ।

हुन्डाइले यो नयाँ मोडल वर्षको अन्त्यमा कोरियामा लञ्च गर्ने तयारी गरेको छ भने अमेरिकामा २०२२ मात्रै बिक्री सुरु हुनेछ । अमेरिकामा बिक्री सुरु भएसँगै यो कार चार्जिङ प्याडमाथि पार्क गरेर चार्ज गर्न सकिने विश्वकै पहिलो कार बन्ने छ ।

फुल चार्ज हुनका लागि ६ घण्टा लाग्ने हुन्डाइले बताएको छ । जुन, तारबाट चार्ज हुन लाग्ने समय (१० घण्टा)भन्दा ४ घण्टाले थोरै समय हो ।

हुन्डाइले वायरलेस चार्जरको बाध्यता नरहेको र प्लग इन गरेर पनि चार्ज गर्न सकिने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *