कुलमानविरुद्ध हितेन्द्रदेव शाक्यको मुद्दा प्रधानन्यायाधीशको इजलासमा – Nepal Press

कुलमानविरुद्ध हितेन्द्रदेव शाक्यको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङको नियुक्ति गैरकानूनी भन्दै परेको रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ ।

प्राधिकरणको प्रवन्ध निर्देशकबाट उर्जा आयोगमा सरुवा गरिएका हितेन्द्रदेव शाक्यले आफू वैधानिक रुपमा नहटाइएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् । यसअघि हेर्न नभ्याएको मुद्दा आज प्रधानन्यायाधीश आफैंले हेर्ने भएका हुन् ।

सर्वोच्च अदालतमा अघिल्लो सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जीकिर गरेका छन् ।

आफूले राजीनामा पनि नगरेको र पदबाट नहटाइएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले जीकिर गरेका छन् ।

उनले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जीकिर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर