मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि भोलि स्थायी कमिटी बैठक (भिडियाे) – Nepal Press

मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि भोलि स्थायी कमिटी बैठक (भिडियाे)

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको नेपाल प्रेसलाई बताए ।

उनले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर