माओवादी बैठक : कुन प्रदेशमा कसलाई जिम्मेवारी ? (सूचीसहित) – Nepal Press

माओवादी बैठक : कुन प्रदेशमा कसलाई जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ । दुई दिन बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको बताए । केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको श्रेष्ठले बताए ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको जानकारी दिए । प्रदेश १ मा भने पछि जिम्मेवारी दिइने गरी हाललाई ६ वटा प्रदेशमा जिम्मेवारी बाँडफाँट गरिएको छ ।

प्रदेश २ : गणेश साह

वागमती : हितमान शाक्य

गण्डकी : हितराज पाण्डे

लुम्बिनी : चक्रपाणी खनाल

कर्णाली : शक्तिबहादुर बस्नेत

सुदूरपश्चिम : खगराज भट्ट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *