सभामुखप्रति एमालेको प्रस्तुतिले वातावरण बिगार्न मद्दत गर्‍यो : सचिवालय – Nepal Press

सभामुखप्रति एमालेको प्रस्तुतिले वातावरण बिगार्न मद्दत गर्‍यो : सचिवालय

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा प्रमुख विपक्षी नेकपा एमालेको व्यवहारप्रति असन्तुष्ट बनेका छन् । १४ जना सांसदलाई गरिएको कारवाहीलाई अघि नबढाएकोमा एमाले नेतृत्वले दिएका अभिव्यक्तिप्रति सभामुखको सचिवालयले आपत्ति जनाएको हो । ।

सभामुखका प्रेस सल्लहकार श्रीधर न्यौपानेले नेपाल प्रेससँग कुरा गर्दै बिहीबार प्रमुख सचेतक विशाल भट्टराईसहित सांसदहरुले सभामुखसँग गरेको व्यवहार र अध्यक्ष ओलीका अभिव्यक्तिले वातावरण वातावरण बिगार्न मद्दत गर्यो गरेको बताए ।

उनले भने-सभामुखको च्याम्बरमा माननीयज्यूहरुको हिजोको प्रस्तुति,उहाँहरुको व्यवहार र शब्दचयन तथा त्यसै दिन विपक्षी दलका नेताको सभामुखप्रतिको सार्वजनिक अभिव्यक्तिले वातावरणलाई अप्ठेरोतिर धकेलेको छ ।

शुक्रबार एमालेका सांसदहरुले सभामुखको कक्षमा १ घण्टा बसेर फर्किएको सन्दर्भमा पनि न्यौपानेले सभामुख पूर्व निर्धारित कार्यक्रममा जानु परेकाले भेट नभएको बताए ।

सिन्धुपाल्चोकको लिसंखुपाखरका समाजसेवी पदबज्र लामाको निधनका कारण सभामुख श्रद्धान्जलीको लागि मण्डिखाटार गएका बेला एमाले सांसदहरुले अन्यथा प्रतिक्रिया दिएको सचिवलायले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *