उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस – Nepal Press

उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिवमा बढुवाका लागि दुई जना राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतको नाम सिफारिस भएको छ । बुधवार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त रहेका उक्त पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि इन्जिनियरिङ सेवा समूहतर्फ दुई जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेमा हाइड्रोलोजी समूहतर्फ विनोद पराजुली र जनरल मेकानिकल उपसमूहतर्फ शिवजी शर्मा रहेका छन् ।

यस अघि समितिको मङ्गलवारको निर्णयअनुसार इन्जिनियरिङ सेवा समूहतर्फकै छ जनालाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको थियो ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले कार्यक्षमताको आधारमा गरिने बढुवाका लागि नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहअन्तर्गत अमित रंजित र विदुर झालाई सिफारिस गरेको हो भने इरिगेशन उपसमूह अन्तर्गत मनोजप्रसाद पटेल, शम्भुराज पण्डित, शुभ्र विजुक्षे र जित नारायण काशिछवाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *