एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै – Nepal Press

एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

काठमाडौं । नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालय जाने भएका छन् ।

अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सभामुखलाई भेट्न जान लागेको एक नेताले बताए ।

यसको जानकारी निर्वाचन आयोगलाई पनि गराइने उनले बताए । एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर