कुलमानविरुद्धको मुद्दा कुमार रेग्मीको इजलासमा, हितेन्द्रले मागे आफ्नो पुनर्वहाली – Nepal Press

कुलमानविरुद्धको मुद्दा कुमार रेग्मीको इजलासमा, हितेन्द्रले मागे आफ्नो पुनर्वहाली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै कुलमानको नियुक्ति बदरको माग लिएर गएका हितेन्द्रदेव शाक्यको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

शाक्यको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतमा सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरेका छन् ।

आफूले राजीनामा पनि नगरेको र पदबाट नहटाइएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले जिकिर गरेका छन् ।

उनले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जिकिर गरेका छन् ।

शाक्यले आफ्नो पक्षमा अन्तरिम आदेश मागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *