नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेल फिलिपिन्ससँग खेल्ने – Nepal Press

नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेल फिलिपिन्ससँग खेल्ने

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेलमा फिलिपिन्ससँग खेल्ने भएको छ । नेपाल र फिलिपिन्सबीचको पहिलो खेल सेप्टेम्बर १८ मा उज्वेकिस्तानमा हुनेछ ।

त्यस्तै नेपालले दोस्रो खेल सेप्टेम्बर २१ मा हङकङसँग खेल्ने छ । दुवै खेल नेपाली समयअनुसार ३:४५ बजे जार स्टेडियममा सुरु हुने एन्फाले जानकारी दिएको छ ।

नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

समूह एफमा नेपालसँगै हङकङ र फिलिपिन्स छन् । समूह एफको विजेताले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने छ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *