एमाले विभाजनमा माधव नेपाललाई वामदेव गौतमको साथ – Nepal Press

एमाले विभाजनमा माधव नेपाललाई वामदेव गौतमको साथ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने भएका छन् ।

हालसम्म माधव पक्षको बैठकमा नगएका वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए । आज माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरूको छलफलमा वामदेवपत्नी तुलसा थापा सहभागी भएकी छिन् ।

समानुपातिक सांसद थापा यसअघि अध्यक्ष केपी शर्मा ओलीले बोलाउने संसदीय दलको बैठकमा सहभागी हुँदै आएकी थिइन् । त्यस्तै ओलीलाई विश्वासको मत पनि दिएकी थिइन् ।

माधव पक्षको बैठकमा तुलसाको उपस्थितिले पार्टी विभाजनमा वामदेवको साथ रहने प्रष्ट देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर