सहसचिव र उपसचिवको रिक्त दरबन्दी विवरण भदौ १५ भित्र पठाइसक्न सरकारको आग्रह – Nepal Press

सहसचिव र उपसचिवको रिक्त दरबन्दी विवरण भदौ १५ भित्र पठाइसक्न सरकारको आग्रह

काठमाडौं । सरकारले सबै मन्त्रालय, आयोग, सचिवालय र निकायमा राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव र राजपत्रांकित द्धितीय श्रेणी उपसचिव सरहका कर्मचारीको रिक्त पदको दरवन्दी विवरण पठाउन आग्रह गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गर्दै लोक सेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक वर्ष २०७८-०७९ मा सहसचिव र उपसचिव प्राविधिक तथा अप्राविधिक रिक्त पदको पदपूर्ति गर्नका लागि विवरण पठाउन आग्रह गरेको हो ।

रिक्त सबै सेवा, समूह र उपसमूहको विवरण छुट्टा छुट्टै पानामा संलग्न गरेर तोकिएको ढाँचामा पठाउन भनेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

सरकारको स्वीकृत संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन अनुसार रिक्त पद र चालू आर्थिक वर्षमा रिक्त हुने आउने पद राष्ट्रिय कितावखानमा रहेको विवरणसँग रुजु गराई पछिसम्म फरक नपर्ने गरी आफ्नो सेवा, समूह, उपसमूहका अन्य निकायमा रहेका दरबन्दीमा पदपूर्ति तथा रिक्तको अवस्था समेत एकिन गरेर एकिकृत विवरण सहितको माग आकृति फारम भरेर पठाउन भनिएको छ ।

भदौ १५ गते भित्र उपलब्ध गराइसक्नुपर्ने केहि दिन अघि बसेको सचिवस्तरीय बैठकले निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *