माओवादी बैठकमा सुदन किरातीको असन्तुष्टी- पार्टी संरचना संघीयस्वरूपमा जान सकेन – Nepal Press

माओवादी बैठकमा सुदन किरातीको असन्तुष्टी- पार्टी संरचना संघीयस्वरूपमा जान सकेन

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद सुदन किराँतीले पार्टीको संरचनामा संघीयस्वरूपमा जान नसकेको भन्दै असन्तुष्टी जनाएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा समूहगत धारणा राख्नेक्रममा भोजपुर इन्चार्जसमेत रहेका किरातीले प्रदेश र स्थानीय तहलाई स्वायत्त अनि जिल्लालाई समन्वयको भूमिकाको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

८ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै किरातीले भने, ‘मुलुक संघीय स्वरूपमा गइसकेको छ । तर, मुलुक हाँक्ने पार्टी केन्द्रिकृत मानसिकतामा चल्ने हो भने पार्टी बलियो हुँदैन ।’

स्थानीय तहलाई गौण बनाउँदै अझै जिल्ला नै निर्णायक हुने, प्रदेशभन्दा केन्द्रमा नै सर्वाधिकार रहने संगठनात्मक स्वरूपलाई परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो । बलियो संगठनले मात्र आन्दोलन हाक्न सकिने भन्दै उनले भने, ‘संगठन बलियो बनाउन प्रणाली बनाउन आवश्यक छ । जनताको पक्षमा संगठनलाई परिचालन गरौं । आन्दोलन जनजीविकासँग जोडौं ।’

संविधानमा उल्लेखित शिक्षा, स्वास्थ्यजस्ता मौलिक अधिकारको जनताले प्रत्याभूत गर्न नसकेको भन्दै पार्टीले यसप्रति घनिभूत पहल गर्नुपर्ने किरातीले बताएका छन् । जनयुद्धका जनमुक्ति सेना, सांस्कृतिक मोर्चाहरूमा उभिएकाहरूको अवस्था अहिले दयनीय रहेकोतर्फ पार्टीको ध्यानाकर्षण गराउँदै गराए ।

‘आज जनमुक्ति सेनाका बहादुर कम्पनी कमाण्डरहरू सामान्य प्राइभेट कम्पनीमा सेक्युरिटी गार्ड गर्दैछन् । सामना सांस्कृतिक परिवारका कलाकारहरू दोहोरी गाउँन बाध्य छन् । घाइतेहरू उपचारको लागि चन्दा मागिरहेका छन्’, किरातीले भने’ ‘यसले बाहिर राम्रो मनोविज्ञान निर्माण भएको छैन । यसलाई पार्टीले सम्बोधन गर्नुपर्छ।’

उनले असमान सन्धि तथा भुपु ब्रिटीश गोर्खा सेनाको समस्यालाई समेत प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


प्रतिक्रिया

One thought on “माओवादी बैठकमा सुदन किरातीको असन्तुष्टी- पार्टी संरचना संघीयस्वरूपमा जान सकेन

  1. जनमुक्ति सेना का कम्पनी कमाण्डर हरु सामान्य – सेक्युरिटी गार्ड मा ड्युटी गरिरहेका छन् – सुदन किराँती ।किराँती ज्यु तपाई लाई म अाज परस्न गर्न बाद्य भएको छु ? तपाईंको १0 बर्से अान्दोलन पछि काे अवस्था ले मुलुकमा कहाँ राेजगारिकाे सृजना गराे ?कहाँ उद्योग धन्दा कलकारखाना खाेलेर जनता लाई स्वाराेजगार तथा अात्मानिर्भर गरायो ? जनजिबिकाकाे सवालमा नेपाली गरिब पिडित बर्ग,कमजोर बर्गकाे पक्षमा कहाँ समानुपातिक ब्यबस्थाकाे समान अधिकार दिलायाे ? तपाईंको पार्टी ले याैटैमात्र ब्यबस्थापन गराे – नेता र उसको अासेपासेहरु माैलाए,सम्पन्न भए तर कमजोर बर्गलाइ बिल्लिबाठ ,बिजाेग पारे ।अनि गरिबका छाेराछाेरिहरु बिदेश मा मजदुर भए ,सेक्युरिटी गार्ड हुन पनि मुस्किल भयो ।बिदेश मा सेक्युरिटी गार्ड हुन तेसकाे मापदण्ड पूरा गर्नुपर्छ।स्वदेश मा हिजो तपाईं र तपाई काे बरिस्ठ हरुकाे झाेला बाेक्ने,बन्दुकको माेहरिमा अाफ्नाे जिवनकाे बलिदान दिने हरु काे ठूलो अपमान त तपाई ले गर्नुभएको छ।माअाेबादिले देशमा कति उद्योग धन्दा र कलकारखाना खाेलेर गरिब मजदुरलाई कति ठाउँमा राेजगारि दियो ? प्रश्न याहा छ अाज ।के नेताले माेज गर्न र जनता का छाेराछाेरिलाइ हतियार बनाउन मात्रै दशबर्से राष्ट्र घातक अान्दोलन गरिएको थियो ? अाज तेहि देखिदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर