माओवादीको अन्तरिम विधान : नेकपाको निरन्तरता, एमाले शैलीको संगठन संरचना (पूर्णपाठ) – Nepal Press

माओवादीको अन्तरिम विधान : नेकपाको निरन्तरता, एमाले शैलीको संगठन संरचना (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पहिलोपटक व्यवस्थित ढंगले आफ्नो विधान मस्यौदा गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको ५२ पेज लामो अन्तरिम विधान-२०७८ पारित भएपछि माओवादी नयाँ वैधानिक व्यवस्थामा जानेछ ।

माओवादी केन्द्रको प्रस्तावित विधान साविक नेकपाकै विधानको निरन्तरताजस्तो देखिन्छ । नेकपा एमालेले अवलम्वन गरेका संगठनात्मक संरचना र ढाँचाहरूमा माओवादी केन्द्रको अन्तरिम विधान गएको छ ।

अधिकांश विधानका व्यवस्था एमाले र साबिक नेकपाकै हुबहु रहे पनि एमालेले प्रस्तावित विधान मस्यौदामा हटाएको वैकल्पिक सदस्यको प्रावधान माओवादीले अभ्यास गर्न खोजेको छ । त्यसबाहेक अन्य संठनात्मक संरचना नेकपाकै निरन्तरता छन् ।

२९९ सदस्यीय केन्द्रीय समिति, सो केन्द्रीय समितिले चयन गर्ने पदाधिकारी र केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य नयाँ व्यवस्था हुन् । त्यस्तै माओवादीले सेल कमिटीदेखि केन्द्रीय समितिसम्मको सदस्य संख्या पनि निर्धारण गरेको छ ।

माओवादीको जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय रहनेछन् । त्यस्तै उपमहानगर समिति ८१,नगर समिति ६५,गाउँ समिति ५५ सदस्यीय रहनेछन् ।

सबैभन्दा तल्लो तह पार्टी सेल ११ सदस्यीय हुनेछन् ।

यस्तो छ माओवादी केन्द्रको अन्तरिम विधान मस्यौदा :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर