प्रिमियर लिगमा नवप्रवेशी ब्रेन्टफोर्डसँग आर्सनल पराजित – Nepal Press

प्रिमियर लिगमा नवप्रवेशी ब्रेन्टफोर्डसँग आर्सनल पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नवप्रवेशी ब्रेन्टफोर्ड फुटबल क्लबसँग आर्सनल २-० गोलको नजितामा पराजित भएको छ । शुक्रबार राति ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले ऐतिहासिक जित निकाल्यो ।

प्रिमियर लिगको पुरानो क्लब आर्सनललाई कठिन प्रतिस्पर्धा दिएको ब्रेन्टफोर्डका लागि २२औं मिनेटमा सर्जी कानोसले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ब्रेन्टफोर्ड क्लबको इतिहासकै पहिलो प्रिमियर लिगको गोलका लागि कानोसलाई इथान पिन्नकले असिस्ट दिएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको आर्सनले दोस्रो हाफमा थप एक गोल खायो । बराबरी गोलका लागि प्रयासरत आर्सनलको रक्षापंक्ति छिचोल्दै ब्रेन्टफोर्डका क्रिस्टियन नोर्गार्डले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

निर्धारित ९० मिनेटसम्म सोही अग्रताको सुखद् बचाउ गर्दै ब्रेन्टफोर्डले क्लिनसिटसहित शानदार जित निकाल्यो ।

जितसँगै ब्रेन्टफोर्डले तीन अंक जोडेको छ भने आर्सनल अंकविहीन छ । शनिबार राति प्रिमियर लिगमा थप ७ खेल हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर