आमन्त्रित केन्द्रीय सदस्यको मागमा रामचन्द्र असहमत, देउवाले भनेः अन्याय हुन दिइन्न – Nepal Press

आमन्त्रित केन्द्रीय सदस्यको मागमा रामचन्द्र असहमत, देउवाले भनेः अन्याय हुन दिइन्न

काठमाडौं । कांग्रेसमा सामूहिक राजीनामा घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले सिधा असहमति व्यक्त गरेका छन् । सभापति देउवाले नरम प्रतिक्रिया दिए ।

आजको  केन्द्रीय  समिति बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा पछि बोलेका पौडेलले उनीहरुको माग पूरा हुन नसक्ने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

उनले बैठकमा भने, ‘म पनि वडाबाटै चुनिएर आउने हो, विधानमा भएको व्यवस्थालाई परिवर्तन गर्न मिल्दैन । कि सभापतिले विधान संसोधन प्रस्ताव ल्याउनुपर्यो । होइन भने विधानमा नभएको व्यवस्था तपाईंहरुका लागि मात्रै कसरी गर्ने ?’

अन्तिममा बोलेका सभापति देउवाले भने राजीनामा दिनेहरुको माग सुन्ने बताए ।

उनले भने, ‘राजीनामा दिनेको माग सुन्छौं र बुझ्छौं । महाधिवेसनमा पनि यसबारे छलफल हुन्छ । कसैलाई पनि अन्याय हुन दिइन्न ।’

संक्षिप्त प्रतिक्रियापछि देउवाले आजको बैठक सकिएको घोषणा गरेका थिए ।

कांग्रेसमा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेसन प्रतिनिधि हुने व्यवस्था छ । तर आमन्त्रित केन्द्रीय सदस्यहरुलाई त्यो सुविधा छैन । पार्टीको विधानमा १० जना मात्रै आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था भए पनि अन्य पार्टीबाट समायोजन गर्दा २२ जना बनाइएको थियो ।

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु सबै देउवाले मनोनित गरेका हुन् । त्यसैले वरिष्ठ नेता पौडेल उनीहरुको मागप्रति उदार छैनन् । कांग्रेसको अर्को बैठक भोली २ बजे बस्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर