परमादेशको एक महिना- भिडियोमा हेर्नुस् संसदमा कसरी चल्यो घोचक दोहोरी – Nepal Press

परमादेशको एक महिना- भिडियोमा हेर्नुस् संसदमा कसरी चल्यो घोचक दोहोरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदलाई सम्बोधन गर्ने क्रममा सत्तारुढ गठबन्धनप्रति आक्रोश पोख्दै भने, ‘यो सरकार संघर्षबाट आएको हो भनेर ढाँट्ने ? कुन संघर्ष गर्नुभयो ? जाली मुद्दा लिएर परमादेशबाट आउने, अनि संघर्ष भन्ने ?’

ओलीले संसदबाट परमादेशको कुरा गर्नुभन्दा अघि देखिनै यो शब्द एमालेका सांसदहरुबाट प्रायः नछुटाइ प्रयोग भइरहेको छ। एमालेका सांसदहरूले संसदमा बोल्ने क्रममा लगभग थेगोजस्तै बनिसकेको शब्द हो- ‘परमादेशबाट बनेको यो सरकार…’

ओलीले समेत संसदमा भाँती मिलाएर यो विषय स्थापित गरेपछि परमादेश शब्द अब दोहोरीमा प्रयोग हुन थालेको छ । एमाले सांसदहरूले संस्थागतरूपमै परमादेशबाट बनेको सरकार भन्न थालेपछि सत्तापक्षका सांसदहरू पनि प्रतिरक्षमा उत्रिन बाध्य भएका छन् ।

बिहीबार सत्तापक्षका सांसदहरू गगन थापा, मातृका यादव र जिपछिरिङ लामाले परमादेशबाट आएको भन्नेहरूले राजीनामा दिएर गए हुन्छ भन्दै प्रतिवाद गरे ।

सर्वोच्च अदालतको परमादेशबाट संसद ब्युँतिएको र देउवा प्रधानमन्त्री बन्ने परमादेश जारी भएको ठीक एक महिना पुगेकै दिन यो विषयमा दोहोरी चलेको छ ।

हेर्नुस् यो भिडियो:-

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर