अफगानिस्तानका नेपालीको तत्काल उद्धार गर्न सांसद अधिकारीको माग – Nepal Press

अफगानिस्तानका नेपालीको तत्काल उद्धार गर्न सांसद अधिकारीको माग

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका नेता खगराज अधिकारीले अफगानिस्तानमा युद्धका कारण फसेका नेपालीको तत्काल सुरक्षित रूपमा उद्धार गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले नेपालीको उद्धार नगरेसम्म सरकारलाई सदनमा काम गर्न नदिने चेतावनी दिए ।

‘अफगानिस्तानमा नेपालीहरू आर्तनाद गरिरहेका छन्, ती नेपालीहरूलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन ?,’ अधिकारीले भने, नेपालीको जीउज्यानको सुरक्षा गर्न सक्छ कि सक्दैन ? तुरुन्त नेपालीहरूलाई अफगानीस्तानबाट रेस्क्यू गरेर ल्याउने काम गरोस् होइन भने यो सरकार नालायक छ भनेर हामी यो संसदमा भन्छौं ।’

उनले थपे, ‘र सरकारलाई काम गर्न दिँदैनौं। नेपाली नफर्काएसम्म सरकारले संसदमा काम गर्न सक्ने छैन । उनीहरूलाई अविलम्ब नेपालमा सुरक्षित अवतरण गराओस् ।’

अफगानिस्तानमा तालिवान विद्रोहीले अहिलेसम्म ३४ मध्ये नौवटा प्रान्तलाई कब्जामा लिएका छन् र थप नियन्त्रणमा लिने चेतावनी दिएका छन् । त्यहाँ नेपालीहरू पनि फसेको अनुमान गरिएको छ । तर, यकिन संख्या भने छैन ।

अन्य देशले त्यहाँ फसेका आफ्ना नागरिकको उद्धार शुरू गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर