सुपर कपको उपाधि चेल्सीलाई – Nepal Press

सुपर कपको उपाधि चेल्सीलाई

एजेन्सी । युरोपेली च्याम्पियन चेल्सीले युईएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिगको साविक विजेता भिल्लारियललाई पेनाल्टी शुटआउटमा ६–५ गोलले हराएर चेल्सीले उपाधि जितेको हो ।

युईएफएले च्याम्पियन्स लिग र युरोपा लिगको विजेतालाई नयाँ सिजनको सुरु हुनुअघि सुपर कपको रुपमा प्रतिस्पर्धा गराउँछ ।

निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी खेलेपछि पेनाल्टी शुटआउटमा पुगेको खेलमा चेल्सीका गोलरक्षक केपा अरिजावालागाले भिल्लारियलका कप्तान राउल अलवियोलको पेनाल्टी रोकेपछि चेल्सी विजयी भएको हो ।

उत्तरी आयरल्याण्डको बेलफास्ट रंगशालामा १३ हजार दर्शकबीच हाकिमी जियाजले २७ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुधारिएको भिल्लारियलका लागि जेरार्ड मोरेनोले ७३ औं मिनेटमा बराबरी गोल फर्काए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *