हितेन्द्रदेव शाक्यबारे कुलमानः सरकारले उहाँको पनि सम्मान गरेको छ – Nepal Press

हितेन्द्रदेव शाक्यबारे कुलमानः सरकारले उहाँको पनि सम्मान गरेको छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि सरकारले सम्मान गरेको टिप्पणी गरेका छन् । पदबहालीपछि कर्मचारी तथा पत्रकारका बीच सम्वोधन गर्दै घिसिङले शाक्यले छोटो कार्यकालमा राम्रो काम गरेको आफूले सुनेको बताए ।

घिसिङले भने, ‘निवर्तमान कार्यकारी निर्देशकलाई सरकारले जल तथा उर्जा आयोगको गठन आदेश नै परिवर्तन गरेर पदस्थापन गरेको छ । उहाँलाई पूर्णकालीन सदस्यका रुपमा यहाँ खाइपाइ आएको तलवभत्तासहित विशिष्ट श्रेणीमा चार वर्षकै लागि नियुक्त गरिएको छ । सरकारले उहाँको पनि सम्मान गरेको जस्तो लाग्छ ।’

उनले थपे, ‘यो राइट म्यान इन राइट प्लेस नै हो । उहाँको विज्ञताका आधारमा त्यो ठाउँ उहाँका लागि उपयुक्त नै जस्तो लाग्छ । तर, यसको अर्थ यो ठाउँ उपयुक्त थिएन भन्ने होइन । अहिले म जुन ठाउँमा उपस्थित भएको छु, हिजोका दिनमा उहाँले निमित्त भएर र कार्यकारी निर्देशक भएर चलाउनुभयो । राम्रै चलाउनुभएको भन्ने सुनेको छु ।’

शाक्यको पालामा केही गलत काम भएको भए सच्याउने र सही कामहरुलाई निरन्तरता दिने घिसिङले बताएका थिए ।

‘मैले यहाँ आएर कसैको विरोध गर्नेभन्दा पनि आगामी दिनमा कसरी अगाडि जाने भन्नेमा नै मेरो ध्यान हुनेछ । सबैको लिडरसिप व्यक्तिपिच्छे फरक/फरक हुन्छ । टिमलाई मोबिलाइज र मोटिभेट गर्ने तरिका फरक हुन सक्छ । हामीले उहाँलाई सम्मान दिनैपर्छ ।’

आगामी दिनमा अरुको कुरा काट्ने र टिकाटिप्पणी गर्नेभन्दा पनि अगाडि बढ्नेमै आफ्नो ध्यान रहने घिसिङले बताए ।

‘मेरो सेकेन्ड इनिङमा ठूलो चुनौति स्वीकारेर आएको छु । ठूलो जोखिम मोलेको छु । मलाई लाग्छ, यो मेरो जीवनकै ठूलो चुनौति हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर