आफ्नै अस्तित्व खोज्नुपर्ने बेलामा कांग्रेस पुग्नु दु:खद : अर्जुननरसिंह केसी (भिडियो) – Nepal Press

आफ्नै अस्तित्व खोज्नुपर्ने बेलामा कांग्रेस पुग्नु दु:खद : अर्जुननरसिंह केसी (भिडियो)

चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले तोकिएको समयमा महाधिवेशन गर्न नसकेर जरिवाना तिर्नुपर्ने अवस्था आए लज्जास्पद हुने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वैधानिकरूपमा पार्टी बचाउने विकल्पमा सहमति गर्नुपर्नेमा जोड दिएका छन् । ‘संविधानसँग बाझिएमा अन्य कानून बदर हुन्छन्, त्यसैले ऐनमा टेकेर ६ महिना थपिदा सर्वोच्चमा उजुरी पर्न सक्छन्’, उनले भने, ‘हिरक जयन्ती मनाएर कार्यकर्ताको मनोबल वृद्धि गर्नुपर्ने बेला हाम्रै अस्तित्व के हुने भनेर सोध्नुपर्ने स्थिति दु:खद हो ।’

सभापति देउवालाई तीन महिनाअघि नै १३ औं महाधिवेशनकै प्रतिनिधिबाट विशेष अधिवेशन गरौँ भन्ने लिखित प्रस्ताव लगेको स्मरण गर्दै महाधिवेशन टार्न नहुनेमा केसीको जोड छ । ५० हजार जरिवाना तिरेर ६ महिना थप्ने चर्चाप्रति उनले अस्वीकार गरे ।

अहिलेसम्म केपी ओलीलाई विरोध गरेर आफूहरूले गाउँगाउँमा भाषण गरिरहेको भन्दै यो सरकारले पनि केही गर्न नसके जनताले प्रश्न तेर्स्याउने बताएका छन् । उनले भने, ‘ओली पिरियडमा चर्चित ३३ केजी सुन, वाइडबडी, ओम्नी-यती प्रकरण, बुढीगण्डकी केस, सेक्युरिटी प्रेस के-के छन् केस भनेर साध्यपनि छैन । ओलीको विरोधमा गाउँगाउँ भाषण गरेर हिडेका छौँ, अहिले हामीले केही गर्न सकेनौँ भने त्यही कुराभन्दा जनताले यो सरकारले के गर्‍यो भन्नेछन् ।’

उनले पूर्वप्रधानन्याधिसनको संयोजकत्जमा शक्ति सम्पन्न आयोग गठन गरेर विगतका चर्चित काण्डमाथि छानविन गर्न माग गरेका छन् । ओलीले हिजो संसदमा जनयुद्धका घाइतेको गोली निकाल्न, क्यान्टोमेन्ट भ्रष्टाचार छानविन गर्न वर्तमान सरकारलाई चूनौती दिएका थिए । ओलीको आक्रोशलाई ‘न वर्षने मेघको घरघर’ भनेर व्यङग्य समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर