काठमाडौं उपत्यकामा हर्न निषेधलाई थप कडाइ गर्न ‘नो हर्न स्टिकर अभियान’ शुरु – Nepal Press

काठमाडौं उपत्यकामा हर्न निषेधलाई थप कडाइ गर्न ‘नो हर्न स्टिकर अभियान’ शुरु

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले काठमाडौं उपत्यकामा घोषणा गरिएको हर्न निषेधित क्षेत्र कार्यक्रम कार्यान्वयन गर्नका लागि कडाई गर्न थालेको छ । चार वर्ष अघि अर्थात २०७४ वैशाख एक देखि कार्यक्रम लागू भए पनि सुरुवाती दिनमा यसको कार्यान्वयनमा कडाई भए पनि पछिल्लो समय कार्यान्वयन पक्ष खुकुलो हुदैँ गएको थियो ।

कोरोना संक्रमणपछिका दिनमा क्रमश हर्नको प्रयोगमा बृद्धि हुदै गएको भन्दै महाशाखाले ‘नो हर्न’ कार्यक्रमलाई कडा गर्ने नीति लिएको हो । महाशाखाले अभियानलाई थप प्रभावकारी र कडाई गर्न मंगलबारदेखि स्टिकर टाँस्ने अभियान शुरू गरेको महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) संजिव शर्मा दासले नेपाल प्रेसलाई जानकारी दिए । ‘नो हर्न’ अभियानलाई थप कडाई गर्न मंगलबारदेखि नै उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानको थालनी गरिएको उनले बताए । उनका अनुसार स्टिकर चालकले देख्ने गरि अगाडीको सिसामा स्टिकर टासिएको छ ।

केहि समय यता अनावश्यक हर्नको प्रयोगमा क्रमश बृद्धि भैरहेको महशुस गरि महाशाखाले यसलाई थप कडाई गर्न र अति आवश्यक नपरि हर्नको प्रयोग गर्नेलाई कडाईका साथ कारबाहीको दायरामा ल्याउन अभियानलाई पुन गति दिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले नेपाल प्रेससँग बताए । उनका अनुसार जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरि हर्नको प्रयोग नगर्न समेत महाशाखाले सम्पुर्ण सवारी चालकलाई बिशेष अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *