मेसीलाई कुरिरहेका पीएसजी फ्यानले भने- हामी लिजेन्डको प्रतिक्षामा छौं – Nepal Press

मेसीलाई कुरिरहेका पीएसजी फ्यानले भने- हामी लिजेन्डको प्रतिक्षामा छौं

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का समर्थकले लियोनेल मेसीको आगमनबारे प्रतिक्रिया दिँदै आफूहरू लिजेन्डको पर्खाईमा रहेको बताएका छन् ।

क्लबमा २१ वर्ष बिताएर अर्जेन्टिनी कप्तान मेसीले आइतबार क्याम्प नोउमा पत्रकार सम्मेलन गर्दै बिदा लिएका थिए । यद्यपि, उनले कुनै क्लबसँग पनि सम्झौता भइनसकेको बताएका थिए ।

मेसीले बार्सिलोना छाड्ने निश्चित भएसँगै उनलाई भित्र्याउने प्रयास थालेको पीएसजीले आधिकारिक सम्झौताका लागि प्रस्ताव पठाइसकेको छ ।

‘हामी एक लिजेन्डको प्रतिक्षामा छौं, र ती लिजेन्ड लियोनेल मेसी हुन्,’ मेसीको आगमन पर्खिरहेका एक पीएसजी समर्थक मेहमेत सेनले भने ।

बार्सिलोना छाडेसँगै मेसीको पीएसजी जाने चर्चाले अहिले फुटबल जमात गर्माएको छ भने फ्रेन्च क्लब पनि कन्फिडेन्ट देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर