गौरिकाले खोपिन् ओलम्पिक अंकित ट्याटु – Nepal Press

गौरिकाले खोपिन् ओलम्पिक अंकित ट्याटु

काठमाडौं । नेपालकी सबैभन्दा कान्छी ओलम्पियन तथा जलपरी गौरिका सिंहले ट्याटु खोपेकी छन् । सन् २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै रियो ओलम्पिक खेलेकी गौरिका त्यो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

त्यसपछि सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदकसहित कूल ९ पदक जितेकी गौरिका नेपाली खेलकुदमा जलपरीको उपमाले परिचित छिन् ।

उनले हालै सम्पन्न टोकियो ओलम्पिकमा पनि नेपालको प्रतिनिधित्व गर्दै पौडीको १०० मिटर महिला फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी गौरिकाले हिट चरण पार गर्न सकिनन् ।

ओलम्पिक सकिएको दुई दिन नबित्दै गौरिकाले सोमबार ट्याटु खोपेर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन् ।

‘मैले यो गरेँ।।। हो, यो पर्मानेन्ट हो’ गौरिकाले टिकटकको क्यापसनमा लेखेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर