भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको आव्हानमा कोटेश्वरमा प्रदर्शन गरिएको हो । आयोग खारेजीको सरकारको निर्णयले लाखौं भूमिहीनलाई चोट पुगेको संगठनको ठहर छ । प्रदर्शनको क्रममा संगठनले तत्काल निर्णय बदर नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आयोग खारेजको निर्णयविरुद्ध सर्वोच्च अदालतमा समेत दुई मुद्दा विचाराधीन छन् ।



 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर