स्थानीय तहलाई प्रदेश मातहत लैजाने सरकारको प्रयासप्रति एमालेको आपत्ति – Nepal Press

स्थानीय तहलाई प्रदेश मातहत लैजाने सरकारको प्रयासप्रति एमालेको आपत्ति

अग्नि खरेल भन्छन्- यो असंवैधानिक कुरामात्र होइन कांग्रेसको वैचारिक पतन पनि हो

काठमाडौं । स्थानीय तहलाई प्रदेश मातहत ल्याउने सरकारको न्युनतम साझा कार्यक्रमप्रति एमालेले आपत्ति जनाएको छ ।
संविधानविपरीत र संघीयताको मर्मविपरीत स्थानीय तहको अधिकार खोस्ने सरकारको प्रयास स्वीकार्य नहुने समेत एमालेले प्रष्ट पारेको छ ।

एमाले निर्वाचन विभागका प्रमुखसमेत रहेका पूर्वमहामन्यायाधिवक्ता अग्नि खरेलले स्थानीय तहलाई प्रदेश मातहत ल्याउन पहल गर्ने भन्ने सरकारको साझा कार्यक्रम असंवैधानिक रहेको बताए । उनले यसको एमालेले विरोध गर्ने भन्दै कांग्रेस आफ्नो सिद्धान्तबाट पछि हटेको आरोपसमेत लगाए ।

खरेलले नेपाल प्रेससँग भने, ‘संविधान बनाउने बेला मधेशवादी दलले स्थानीय तहलाई प्रदेश मातहत राख्ने भन्दा एमाले र कांग्रेसले एकम मत भएर सबै स्थानीय तह समान हैसियतका हुन्छन् भन्ने व्यवस्था गरेको हो । आज आएर स्थानीय तहलाई प्रदेश मातहत लैजाने कुरा असंवैधानिक त छँदैछ, कांग्रेसको वैचारिक पतन पनि भएको छ ।’

संविधानको धारा ५६ मा निकै ठूलो मेहनतपछि तीन तहका सरकारको व्यवस्था गरिएको भन्दै खरेलले सरकारको न्यूनतम साझा कार्यक्रममा यस्तो विषय प्रवेश हुनु गम्भीर कुरा भएको बताए ।


प्रतिक्रिया

One thought on “स्थानीय तहलाई प्रदेश मातहत लैजाने सरकारको प्रयासप्रति एमालेको आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर