राउटे युवतीहरू सम्झना र गाजलुलाई सार्वजनिक गर्न सांसदको माग – Nepal Press

राउटे युवतीहरू सम्झना र गाजलुलाई सार्वजनिक गर्न सांसदको माग

काठमाडौं । यौन दुर्व्यवहारको शिकार बनेका दुई राउटे चेलीहरू सम्झना र राउटेका विषयमा संसदभित्र आवाज उठेको छ । एमाले सांसद मनकुमारी जिसीले उनीहरूमाथि अमानवीय व्यवहार भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरिन् ।

सांसद बैठकमा बोल्दै उनले भनिन्, ‘संविधानले सबैलाई सम्मानपूर्वक बाँच्न पाउने हकलाई दुरुपयोग गर्दै दुई राउटे चेलीहरूमाथि दुई महिनाअघि अमानवीय व्यवहार गरियो र सामाजिक सञ्जालमा भाइरल गराइयो । उनीहरूलाई न्यायको कठकरामा ल्याए पनि कहिले मृत्यु भयो त कहिले मारिँदैछन् भनेर झुटो प्रचार गरिएको छ । म उनीहरूलाई सार्वजनिक गर्दै सबै तथ्य बाहिर ल्याइयोस् भनी माग गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर