प्रचण्डलाई वैद्यको सुझाव- जनयुद्ध के का लागि ? संसद त्यागेर सडकमा आउनुस् (भिडियो) – Nepal Press

प्रचण्डलाई वैद्यको सुझाव- जनयुद्ध के का लागि ? संसद त्यागेर सडकमा आउनुस् (भिडियो)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद त्यागेर सडकमा आउन सुझाव दिएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वैद्यले भने, ‘त्यही संसदीय बाटो रोजेर कतिपटक प्रधानमन्त्री बन्नुहुन्छ ? कोर्ष परिवर्तन गर्नुहोस् । संसद छोड्नुहोस्, जनताको पक्षमा काम गर्न सडकमा आउनुहोस् ।’

वैद्यले के जनयुद्ध यही संसदीय व्यवस्थाका लागि भएको हो ? भन्दै प्रश्न समेत गरे । अहिले शासन व्यवस्थामा परिवर्तन आए पनि राज्यवस्थामा भने परिवर्तन नआएको विश्लेषण गरे ।

संसदीय बाटोबाट समाजवाद ल्याउने दावी प्रचण्ड र माधव नेपालले गरिरहेको भन्दै उनीहरूमा खासै फरक नभएको टिप्पणी गरे ।
यही संसदलाई बचाएर राख्ने, सबै मिलेर चुनाव लड्ने नीतिमा प्रचण्ड र माधव नेपाल रहेको उनको भनाइ छ ।

संसदमा रहेका र सडकमा रहेका कम्युनिष्टहरूबीच कार्यगत एकता गर्नुपर्नेमा वैद्यको जोड छ । ‘संसदमा जानेले एउटा काम गर्नुपर्‍यो, सडकमा भएकाले कम्युनिष्टले अर्को काम गर्नुपर्‍यो,’ उनले भने, ‘दुवै पक्षले कार्यगत एकता गर्नुपर्‍यो । संसदमा भएकाले संसदमा संघर्ष गर्नुपर्‍यो, सडकमा भएकाले आफ्नै तरिकाले गर्नुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर