वागमती सरकारको सेवा : राजश्व तिर्न अब यातायात कार्यालयमा लाइन बस्नु पर्दैन – Nepal Press

वागमती सरकारको सेवा : राजश्व तिर्न अब यातायात कार्यालयमा लाइन बस्नु पर्दैन

काठमाडौं । वागमती प्रदेशमा अब सवारीसम्बन्धी कामका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत दिइने सेवाहरू अनलाइन प्रणालीमार्फत शुरू गरेको छ ।

योसँगै आजबाट सवारी साधनको लाइसेन्स र ब्लुबुक नविकरण, बीमालगायतका काम अनलाइनबाटै हुनेछन् । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनलाइन पेमेन्ट सिस्टम प्रविधिको प्रयोग गरी नयाँ प्रविधिको उद्घाटन गरे ।

सेवाग्राहीको लागि सहज बनाउन प्रदेश सरकारले नयाँ प्रविधि प्रयोगमा ल्याएको भन्दै मुख्यमन्त्री पौडेलले भने, ‘भ्रष्टाचारर रोक्नका लागि प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सेवा दिन शुरू भएको छ । अब यातायात क्षेत्रका सबै समस्या सामाधान हुँदै जानेछ । नयाँ प्रविधिमा केही असहजता आए पनि त्यसलाई मिलाएर लैजाने छौं । निवर्तमान प्रधानमन्त्रीले भने अनुसार नै प्रदेश सरकार डिजिटल प्रविधिमा गएको छ । डिजिटल वागमती भनेअनुसार नै प्रदेश सरकार अगाडि बढेको आजबाट देखिएको छ । प्रविधिमैत्री प्रदेश बनाउन सबैको सहयोमा मात्रै सफल हुनसक्ने छ ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री रामेश्वर फुयालले अब यातायातको सबै काम घरमा नै बसेर गर्न सकिने बताए । उनले भने, ‘वागमती प्रदेश सरकारले सेवाग्राहीलाई सहज होस् भनेर सबै काम अनलाइनबाट नै हुने गरी अनलाइन प्रणालीको शुरू गरेको छ । प्रदेश सरकारले अब विद्युतीय गाडी सञ्चालनलाई पनि प्राथमिकता दिनेछ ।’

वागमती प्रदेश सरकारको यातायात कार्यालयको वेबसाइटमा गएर यातायात सम्बन्धी सबै काम गर्न सकिने छ । अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बीमा, आफूले तिर्नु पर्ने करको जानकारी त्यहीँबाट पाउन सकिन्छ । अनलाइनबाट कर तिर्दा र बीमा गर्दा प्राप्त क्यूआर कोर्ड सवारीसाधनमा टाँसेर वा बोकेर हिँड्न सकिनेछ । ट्राफिक प्रहरीले पनि त्यही क्यूआर कोर्ड प्रयोग गरेर सवारी चेकजाँच गर्न सक्नेछन् ।

अनलाइनबाट नै कसरी तिर्ने सकिन्छ राजस्व ?

वागमती प्रदेश यातायात कार्यालयको वेबसाइटमा गएर सवारीधनीले आफ्नो नम्बर राखेर खाता खोल्न सक्ने छन् । त्यसभित्र अनलाइन सवारी कर आउँछ । त्यहाँ गएर आफूले तिर्नु पर्ने करको विवरण हेरेर भुक्तानी गर्न सकिनेछ । सवारीधनीको विवरण पनि यसैबाट अद्यावधिक या सच्याउन सकिनेछ ।

यातायात कार्यालयका उपसचिव नेत्रप्रसाद अधिकारी अनलाइन प्रणालीले कार्यालयमा भीडभाड हट्नुका साथै सेवाग्राहीलाई पनि सहज हुने बताए । अधिकारीले भने, ‘कुनै समस्या आएर यातायात कार्यलय नै जानुपरेमा अनलाइनबाट टोकन लिएर समय तोकेर जान सकिने छ । काठमाडौं, भक्तपुर, मकवानपुर र भरतपुरमा भएको ६ वटै कार्यलयको सबै काम अनलाइनबाट नै हुन्छ ।’

प्रदेशका ६ वटै कार्यलयका प्रमुखले अनलाइनबाट काम गर्न करार पत्रमा हस्ताक्षर गरेका छन् ।

वागमतीका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजीव वरालले प्रदेश सरकारको योजना अनुसार प्रविधिको प्रयोग गरेर अगाडि बढेको बताए । वरालले भने, ‘यातायात सूचना प्रणाली (टीएमएईएस) सेवा आजबाट शुरू भएको छ । ट्रक्स क्याल्कुलेटर पनि हुन्छ, त्यही बाट आफूले तिर्नुपर्ने राजस्व तिर्न सकिने छ । अब पहिले जस्तो काममा ढिला नहुने र प्रक्रियामा पनि झन्झट हुँदैन । अनलाइनबाट नै सुधारिएको बिलिङ प्रणालीमा गएर आफुले राजस्व तिर्न सकिने छ । बिचौलियाबीना यातायातको काम नै हुँदैन कि भन्ने कुरा थियो । अब त्यो प्रश्नलाई अनलाइनबाट नै काम गर्दै चिरेका छौं । सवारीधनीले आफ्नो सवारीको तथ्यांक भने राख्नु पर्नेछ ।’


प्रतिक्रिया

3 thoughts on “वागमती सरकारको सेवा : राजश्व तिर्न अब यातायात कार्यालयमा लाइन बस्नु पर्दैन

  1. कुनै अनलाइन सेवाको बारेमा लेख छापीसके पछी त्यो सेवाको लिकं पनि राखिदिए पाठकहरु लाइ सजिलो हुन्छ। मलाइ लिकं खोज्नै एक छिन समय लाग्यो्
    https://bagmati.dotm.gov.np/

    क्लिक गरेको यो “सेक्युरिटी मेसेज” आयो।
    https://ibb.co/hR8066Y

    यो राम्रो संकेत होइन । यसले के देखाउछ भने जो ले यो वेबसाइट बनायो, खासै मिहेनत गरेन। वा वेबसाइट बनाउने काम मा दख्खल रहेनछ। यस्तो मेसेज ले सेवाको विश्वसिनयिता घटाउंछ ।

  2. ल सवारी दर्ता हेर्न खोजेको यस्तो आयो।
    https://ibb.co/Wc0sKfJ

    अंग्रेजी मा यस्तो कामलाइ “half-baked” भन्छन। नेपालि मा अधकल्चो। यस्तो अधकल्चो कामलाइ “वागमती सरकारको सेवा : राजश्व तिर्न अब यातायात कार्यालयमा लाइन बस्नु पर्दैन” भन्नु भनेको आोली ले अब सबै नेपालीले तिन पटक खोप लाउन मिल्छ भन्नु एउटै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर