भरतपुरमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका – Nepal Press

भरतपुरमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका

चितवन । भरतपुर महानगर-१७ मा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले मृतक नेपाली सेनाको हवल्दार भएको बताए । थापाका अनुसार मृतक नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौंमा कार्यरत ३६ वर्षीय भरत गुरुङ हुन् ।

भरतको घर धादिङ नीलकण्ठ नगरपालिका हो । घटनास्थलमा गोलीको एक खोकासमेत फेला परेको थियो । दाहिने कान र देब्रे कानमा चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानले उनको गोली हानेर हत्या भएको आशंका गरिएको प्रहरीले बताएको छ ।

बस्तीबाट करिव ३ सय मिटर परको सिमलडाँडा घोलमा बिहान गुरुङको शव भेटएको थियो । घटनास्थल शारदानगरको सिमलडाँडादेखि डेरीचोक जाने बाटो छेउमा पर्छ । गुरुङको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर