पौवादुङमा गाँउपालिकाका सबै सामुदायिक विद्यार्थीलाई एक झोला शैक्षिक सामाग्री – Nepal Press

पौवादुङमा गाँउपालिकाका सबै सामुदायिक विद्यार्थीलाई एक झोला शैक्षिक सामाग्री

इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले गैरसरकारी संस्थासँग मिलेर आफ्नो क्षेत्रभित्रका सबै समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ ।

गाउँपालिकाभित्र रहेका २३ सामुदायिक विद्यालयका २ हजार ७ सय विद्यार्थीले शुक्रबार प्रतिविद्यार्थी १८ प्रकारका एक झोला शैक्षिक सामाग्री प्राप्त गरे । गाँउपालिका अध्यक्ष किरण राईका अनुसार ६० लाख रुपैयाँ मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।

पाँच वटा पेन्सील, ६ वटा अभ्यास कपी, एक बाकस रंगिन पेन्सील, एक थान स्टेसनरी झोला, एक थान स्केल, एक थान पेन्टीङ पेपर ग्लु, एक थान बलपेन, एउटा लन्च बक्स, एक थान पानीको बोत्तल, एक थान तौलिया, पाँच थान मास्क, दुइ थान साबुन, एक एक थान दन्त मन्जन र ब्रस, पाँच थान ब्यान्डेज, एक थान फेन्डसिप कार्ड र एक थान स्वाथ्य सामाग्री विद्यार्थीले पाए ।

चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन (सीएफपीए), रास्ट्रिय अपांगता पुनस्र्थापना समाज (एनआरडीएस)को सहयोग र समन्वयमा विद्यार्थीले शैक्षिक सामाग्री पाएका हुन् । ‘हामीले पहल गरेका थियौं । त्यसैले त भोजपुरमा हाम्रो गाउँपालिकाले मात्र पायो । यसमा यातायातदेखि सम्पूर्ण खर्च उहाँहरुकै हो,’ गाउँपालिका अध्यक्ष राईले भने ।

गाउँपालिका अध्यक्ष किरण राई

गाउँपालिका मातहतका विद्यालयमा वितरण गर्नुअघि भोजपुर सदरमुकाममा रहेको आधारभुत बहिरा आवासीय विद्यालयका १९ जना विद्यार्थीलाईसमेत यस्तै सामाग्री वितरण गरिएको विद्यालयका संस्थापक सिताराम ओझाले जानकारी दिए ।

पौवादुङमा गाँउपालीकाका शिशु कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । आफूले बच्चामा चाहेजस्तो शैक्षिक सामाग्री नपाउदा खल्लो भएको भन्दै अध्यक्ष राईले नयाँ पुस्तालाई त्यस्तो नहोस भन्न सहयोग गरिएको बताए ।

‘हामीले निकै दुःख गरेर पढेका हौं, त्यसैले समस्याबारे जानकार छौं । अहिलेका पुस्तालाई सामुदायिक विद्यालयमा आकर्षित गर्नका लागि पनि यो कार्यक्रम आवश्यक थियो,’ गाउँपालिका अध्यक्ष राईले नेपाल प्रेससँग भने, ‘कोरोना भाइरसको संक्रमणबाट जोगिने स्वास्थ्य सामाग्रीसहित बिद्यार्थीलाई वितरण गर्न पाएका छौं ।’

अध्यक्ष राईले गाँउपाििलकामा पुस्तकालय, कम्युटर तथा विज्ञान प्रयोगशाला निर्माण, न्यानो कपाड वितरणदेखि छात्रबृत्ति हुँदै टकिङ टिचर्स बुक लगायतका सामाग्री नियमित रुपमा बिरतण गर्दै आएको बताए । गाउँपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वाधार, स्तरीय पठनपाठन र अतिरिक्त क्रियाकलापमा लगानी गरिरहने अध्यक्ष राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर