महान्यायाधिवक्ता खातीले लिए सपथ – Nepal Press

महान्यायाधिवक्ता खातीले लिए सपथ

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सपथ लिएका छन् ।

सर्वोच्च अदालतमा एक समारोहका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई हिजो महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

कोरोना महामारीको असहज परिस्थितिको कारण गत वैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउन थालेका थिए ।

वैशाख ८ गते दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पनि सर्वोच्चमै पद तथा गोपनीयताको सपथ गराइएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांश पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर