मोहन बस्नेत समर्थकबाट कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेमाथि हातपात – Nepal Press

मोहन बस्नेत समर्थकबाट कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेमाथि हातपात

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्य छानविन समितिका समेत सदस्य श्याम घिमिरेमाथि हातपात भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतनिकट सिन्धुपाल्चोकका कार्यकर्ताले घिमिरेमाथि कुटपीट गरेका हुन् ।

क्रियाशील सदस्यता छानविन कार्यदलले काम गरिरहेको गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा रहेका घिमिरेलाई मोहन बस्नेत निकट हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका हुन् ।

सदस्यता विवादबारे कुरा गर्नुछ भनेर गेटमा बोलाएपछि उनीमाथि हातपात भएको र अहिले धर्मशालाभित्रै आराम गरिरहेको स्रोतले जनाएको छ । हातपातमा उत्रिने बस्नेत समर्थक र घिमिरे दुवै कांग्रेसभित्र शेरवहादुर देउवानिकट मानिन्छन् ।

घिमिरेमाथि कुटपिट भएपछि क्रियाशील सदस्यता छानविन कार्यालय परिसरमा सुरक्षाकर्मी बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर