नवनियुक्त अर्थमन्त्रीको घोषणा – आवश्यक अध्ययनपछि श्वेतपत्र आउँछ (भिडियो) – Nepal Press

नवनियुक्त अर्थमन्त्रीको घोषणा – आवश्यक अध्ययनपछि श्वेतपत्र आउँछ (भिडियो)

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने बताएका छन् । अर्थमन्त्रीले भने, ‘अहिले देशका आर्थिक अवस्था कस्तो छ भनेर अध्ययन भइरहेको छ । अध्ययनपछि अर्थतन्त्रको अवस्था र आगामी योजना समेटिएको श्वेतपत्रपत्र आउनेछ ।’

यसअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि श्वेतपत्रपत्र जारी गरेका थिए । १५ पृष्ठ लामो श्वेतपत्रले देशको आर्थिक अवस्था कमजोर देखाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर