क्लबहाउसमा आयो म्यासेजिङ फिचर- ब्याकच्यानल – Nepal Press

क्लबहाउसमा आयो म्यासेजिङ फिचर- ब्याकच्यानल

काठमाडौं । पछिल्लो समय चर्चित अडियो डिस्कसन प्लेटफर्म ‘क्लबहाउस’मा म्यासेजिङ फिचर थपिएको छ । ‘ब्याकच्यानल’ नाम दिइएको यो फिचरमार्फत् अन्य सामाजिक सञ्जालमा जस्तै च्याट गर्ने सुविधा पाउनेछन् ।

अडियो बेस्ड एप- क्लबहाउसले बुधबार आफ्नो ब्लग पोस्टमा नयाँ फिचर- ब्याकच्यानल सार्वजनिक भएको जानकारी दिएको थियो । एपको पछिल्लो अपडेटपछि इन्टरफेसको बटम राइट कर्नरमा विमानको आइकनमा क्लिक गरेर ब्याकच्यानलमा जान सकिन्छ ।

https://twitter.com/Clubhouse/status/1415356229430304770

त्यहाँ गएर आफूले च्याट गर्न चाहेको व्यक्ति खोजेर म्यासेज गर्न सकिन्छ । यस्तै कसैको प्रोफाइलमा हेर्दा पनि पनि ब्याकच्यानलको अप्सन देखिने छ ।

यस्तै क्लबहाउस रूमबाट बायाँतर्फ स्वाइप गर्दा पनि ब्याकच्यानलमा पुग्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर