केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक – Nepal Press

केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आफ्नो बायो अझै अपडेट गरेका छैनन् ।

४१ महिना नेपाल सरकारको नेतृत्व गरेर सोमबार सर्वोच्च अदालतको परामादेशसँगै प्रधानमन्त्रीबाट हटेका ओलीको फेसबुक पेज र ट्वीटर ह्यान्डल दुवैमा ‘प्राइम मिनिस्टर अफ नेपाल’ यथावत छ ।

भेरिफाइड ट्वीटर र फेसबुकलाई आधिकारिक मानिन्छ । तर, केपी ओलीले तीन दिनसम्म पनि बायो परिवर्तन नगर्नु आश्चर्यजनक छ ।

यद्यपि, नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले भने आफ्नो बायो परिवर्तन गरेर प्राइम मिनिस्टर अफ नेपाल राखिसकेका छन् ।


प्रतिक्रिया

2 thoughts on “केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक

  1. केपी ओलीले तीन दिनसम्म पनि बायो परिवर्तन नगर्नु आश्चर्यजनक छ । सहयोगि र आसेपासे ल्वाठ भएर मात्र हो, 8 किलास पढेलेखेको लाई के थाहा ।केही आस्चर्य्जनक छैन । हावा कुरो नगरम मित्र ।

  2. परिवर्तन उनको जिन्दगीमा आइहाल्यो अनि सामाजिक सञ्जालमा परिवर्तन किन गर्नुपर्यो र ! मरेको बाघलाई जुम्राले छोडेजस्तै गरी छोराहरूले पनि हिजोदेखि छोडिहाले । बुढालाई केही आउन्न होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर