स्वीस स्टार रोजर फेडेररले टोकियो ओलम्पिक खेल्न नसक्ने – Nepal Press

स्वीस स्टार रोजर फेडेररले टोकियो ओलम्पिक खेल्न नसक्ने

एजेन्सी । स्वीस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक गुमाउने भएका छन् । ब्रिटिस नम्बर एक जोहान्ना कोन्टा पनि चोटकै कारण प्रतियोगिताबाट बाहिरिएकी छन् ।

कीर्तिमानी २० पल्टका ग्राण्डस्लाम विजेता ३९ वर्षीय फेडेरर घुँडाको चोटबाट गुज्रिएका छन् । ट्वीटरमार्फत उनले विम्बल्डनका क्रममा घुँडाको चोट बल्झिएपछि ओलम्पिक खेल्न नसक्दा आफू निराश भएको बताउँदै स्वीस टोलीलाई सफलताको शुभकामनासमेत दिएका थिए । नवौं वरियतामा रहेका फेडेररले अघिल्लो वर्षमात्र घुँडाको शल्यक्रिया गरेका थिए ।

फेडेररले सन् २००८ को वेइजिङ ओलम्पिकमा डवल्सतर्फ स्वर्ण जितेका थिए भने सन् २०१२ को लण्डन ओलम्पिकमा एकलतर्फ रजत जितेका थिए । उनी फाइनलमा घरेलु खेलाडी एण्डी मुर्रेसँग हारेका थिगए ।

३० वर्षीय बेलायती खेलाडी कोन्टाले भने कोरोना भाइरसका कारण प्रतियोगिताबाट नाम फिर्ता लिनुपरेको छ । आफ्नो टिमका सदस्यलाई कोरोना संक्रमण देखिएपछि कोन्टा पनि क्लोज कन्ट्र्याकमा परेकी थिइन् । सोही कारण उनले विम्बल्डनबाट समेत बाहिरिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *