देउवा प्रधानमन्त्री बन्दा गोकुल बास्कोटाले दिए माधव नेपाललाई  बधाई – Nepal Press

देउवा प्रधानमन्त्री बन्दा गोकुल बास्कोटाले दिए माधव नेपाललाई  बधाई

काठमाडौं । नेकपा एमालेभित्र एकता कायम गर्न दुई पक्षबीच १० बुँदे सहमति भएको छ । तर, कार्यदलस्तरमा भएको सहमतिलाई लिएर संस्थापन पक्षभित्र नै असन्तुष्टिका भाव व्यक्त हुन थालेका छन् ।

आफ्नो पार्टीले नेतृत्व गरेको सरकार ढालिसकेपछि माधव नेपाल समूह एमालेमा फर्किनुको कुनै औचित्य नरहेको संस्थापन पक्षका केही नेताहरुको बुझाइ छ । यस्तो बुझाइ राख्नेहरुमध्येका एक हुन् गोकुल बास्कोटा । उनले आजै ट्विटमार्फत आफ्नो घुमाउरो असन्तुष्टि व्यक्त गरेका छन् ।

बास्कोटाले देउवालाई प्रधानमन्त्री बनाउन सफल भएको भन्दै माधव नेपाललाई बधाई दिएका छन् । माधव नेपालले संविधान सशोधन गर्न लगाएर निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाइछाड्ने सफलता प्राप्त गरेको बास्कोटाको टिप्पणी छ । यसैगरी उनले ‘परमादेश धाराअनुसार’ प्रधानमन्त्री बन्न सफल भएको भन्दै देउवालाई बधाई दिएका छन् ।

यसअघि कार्यदलस्तरमा वार्ता जारी रहेकै बेला बास्कोटाले आफ्नै शैलीमा दिक्दारी व्यक्त गरेका थिए ।

उनले लेखेका थिए, ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कामरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो–चुल्हो धुवाँएको पनि देखिएन ।’

माधव नेपाल पक्षले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान उनले राख्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर