इजलासमा मृत भेटिएकी कर्मचारीको हत्यामा संलग्न अदालतका सुरक्षा गार्ड पक्राउ – Nepal Press

इजलासमा मृत भेटिएकी कर्मचारीको हत्यामा संलग्न अदालतका सुरक्षा गार्ड पक्राउ

ईलाम । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । सोलुखुम्बुको सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका–७ मा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ वर्षका बिमलादेवी निरौला पराजुली सोमवार बिहान ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् ।

एक जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको थियो । थप अनुसन्धानका लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको बिशेषज्ञ टोलीले अनुसन्धान गर्ने क्रममा ३५ वर्षका कार्यालयमा कार्यरत सुरक्षा गार्ड युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरीएको हो ।

पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर